भिल्लको लेस्टर माथि १-० को रोमाञ्चक जित ।



प्रकाशित: कार्तिक ३, सोमबार, एजेन्सी । 
एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा लेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको छ ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि भिल्लाले लेस्टरलाई उसकै मैदानमा हराएको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको २३औं मिनेटमा केलाची इहेनाचोको पासमा टिमोथी कास्टाग्नेको प्रहारलाई भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले सहजै नियन्त्रणमा लिए ।

२७औं मिनेटमा कप्तान ज्यका ग्रेयलिसको पासमा ट्रेजेग्वेटको प्रहारलाई डिफेन्डर जेम्स जस्टिनले ब्लक गरेपछि भिल्ला अग्रता लिनबाट चुक्यो । ५५औं मिनेटमा ग्रेयलिसको कर्नरमा इजरी कोन्साको हेडेर पोस्ट नजिकैबाट बाहिरियो ।


६१औं मिनेटमा युरी टाइलेमान्सको प्रहार टेरोन मिङ्सलाई डिफ्लेक्ट हुदै गएको बललाई भिल्लाका गोलरक्षक मार्टिनेजले मुस्किलले बचाउदा लेस्टर अग्रता लिनबाट चुक्यो । ६९औं मिनेटमा ग्रेयलिसको प्रहारलाई वाट्किन्सले भेटन् नसकेपनि डगलस लुइसले गरेको प्रहारलाई लेस्टरका गोलरक्षक कास्पर स्माइकेलले सहजै नियन्त्रणमा लिए ।

९०औं मिनेटमा जोन म्याक्जिनको क्रसमा बर्टान्ड ट्राओरेको प्रहारमा गोलरक्षक कास्पर नै बाध बने । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा यसै समयरमा चेल्सीबाट आएका रस बार्कलेले जोन म्याक्जिनको पासमा गोल गर्दै भिल्लालाई १–० को रोमाञ्चक जित दिलाए ।

प्रिमियर लिगमा भिल्लाको यो लगातार चौथो जित हो । भिल्लाले यसअघि सेफिल्ड युनाइटेड, फुलहम र लिभरपुलमाथि जित निकालेको थियो । जितसँगै अपराजित रहेको भिल्ला चार खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लेस्टर ९ अंकसहित चौथो स्थानमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार