स्वकीय सल्लाहकारसहित प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ७६ जनालाई कोरोना संक्रमण ।



प्रकाशित: असोज १८, आइतबार, काठमाडौँ । 

प्रधानमन्त्रीको केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत सल्लाहकार, कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


प्रम ओली को भने कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । तर, उनलाई भुनी स्वास्थ्य शतर्कता अपनाउन भनिएको बुझिएको छ । प्रमुख स्वकीय सचिव विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा र फोटोग्राफर राजन काफ्लेले सामाजिक सञ्जाल मार्फ्त कोरोना संक्रमण भएको जानकारी दिएका छन भने विश्वस्त स्रोतका अनुसार बालुवाटारमा कार्यरत कुल ७६ जना कोरोना संक्रमित भएका छन्  जसमध्ये सल्लाहकार, सुरक्षाकर्मी, चालक र कर्मचारीहरु रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार