मौसम सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली




विराटनगर ।  हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज विहान ६ बजे काठमाडौंको तापक्रम १३ डिग्री सेल्सियस रहेको छ भने विराटनगरको तापक्रम २४ डिग्री सेल्सियस रहेको थियो । आज विराटनगरको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहने मौसम विभागको जानकारी रहेको छ । 

जसअनुसार चिसो विस्तारै सुरु भैसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । 

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial