कोरोना संक्रमितहरुलाई लोकसेवा परीक्षा दिनबाट वञ्चित नगर्न सर्वोच्चको अन्तरिम आदेश।



प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ ।
सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हाे ।

कोरोना संक्रमितहरूले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने छ भने उनीहरु परीक्षामा सामेल हुन नपाउने गरी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेशमा उल्लेख गरिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार