मन्त्रिपरिषद् पुनर्गठनमा ईश्वर पोखरेलको मन्तालय खोसियो , विष्णु पौडेललाई अर्थ मन्त्रालय: सूचीसहित ।


प्रकाशित: असोज २९, बिहीबार, काठमाडौँ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालयको जिम्मेबारी प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

त्यसैगरी विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएका छन्।

सूचीसहित मन्त्रालयको जिम्मेवारी:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार