आज सुनको मुल्यमा थोरै गिरावट ।



प्रकाशित: कार्तिक २, आइतबार, काठमाडौँ । 
नेपाली बजारमा हप्ताको पहिलो दिन आज आइतबार सुनको मूल्य थोरै घटेको छ । शुक्रबार प्रतितोला ९४,९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४,७०० रूपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन तोलामा ९४,२०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९४,४०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ भने घटबढ नभएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार