डा केसीको स्वास्थ्य अवस्था "बिग्रदै" ।



प्रकाशित: असोज २३, शुक्रबार, काठमाडौँ । 
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २६ औं दिनको  अनसनमा रहेका  डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको उनको मेडिकल टोलीले जनाएको छ।

डा गोविन्द केसीका संयोजक डा सुभाष प्रसाद आचार्यले जारी गरेको  विज्ञप्तिमा भनिएको  छ, बीच बीचमा रुकावट (छिटो हृदयको धड्कन चल्ने ), छाती दुख्ने, थकान, मांसपेशी दुख्ने,  ऐंठन हुने र चक्कर आउने भैरहेको गुनासो डा केसीले  गरिरहेका छन। 

"थोरै परिश्रम गर्दा पनि सास फेर्न गाह्रो भएको छ र आज दिउँसो सवा एक तिर उनलाइ  सास फेर्न गाह्रो भयो," विज्ञप्तिमा भनिएको छ । 


डा केसीलाई मास्कद्वारा अक्सिजन दिइराखिएको छ  र उनको अक्सिजन संतृप्ति ९५  प्रतिशतमा वृद्धि गरिएको छ । 

यसै बीच डा केसीलाई सहयोग गर्ने डाक्टरहरूले आज साँझ ४ बजेसम्म सरकारले वार्ताका लागि आमन्त्रित नगरे आन्दोलन बढाउने चेतावनी दिएका छन्।

उनीहरूले प्रधानमन्त्री केपी ओलीले  जानाजानी वार्तामा ढिलाइ गरेको  आरोप समेत लगाएका छन।

सरकार र डा केसीको वार्ता टोलीबीच बिहीबार बसेको बैठकले डा केसीले राखेका मागहरूको बारेमा छलफल गरेको थियो। दुबै पक्षले शुक्रबार अर्को चरणको वार्तामा बस्न सहमत भएका थिए।

अस्पताल स्रोतका अनुसार डा केसीले आज रगतको थप परीक्षण गर्नका लागि  अस्वीकार गरेका छन् । 

स्वासको अभाव र अक्सिजनको आवश्यक्तालाई ध्यानमा राख्दै उनको जीवन जोखिम हुने खतरामा छ र अनुगमन र व्यवस्थापनका लागि आईसीयूमा भर्ना गर्नु आवश्यक छ तर उनले आईसीयू प्रवेश समेत अस्वीकार गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार