पोखरीमा डुबेर एकको मृत्यु



इलाम । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्कनुभएका खत्री सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए । 
घर नजिकै सिचाइँका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि इलाम अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार