आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने: नासा ।



प्रकाशित: असोज २७, मंगलबार । 
पृथ्वीसतह बाट आज मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ ।
मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा रहने भएकाले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने नासाले जनाएको छ । यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ ।

यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग नियाल्न  भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

खगोलबिद्हरूलाई उद्धृत गर्दै यस्तो दुर्लभ घटना हरेक २.२ वर्ष (२६ महिना) मा आउने,  बीबीसी हिन्दीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार