" कोरोनानिति "
संचित अन्न रित्तियो सबै
अझ भरिएन कोश र भकारी -२
भोका नाङ्गा भए हेर सारा सहर
के कोरोना कै हो जिम्मेवारी सदर?
सामर्थ्यहीन साबित भए
प्रदेश ,नगर र केन्द्र पनि
राजस्व झन असुल्दछन्
गरेर सबलाई कर पनि ।।
राहत पनि दुईचार केजी
नबाँडेका होइनन्
बर्षभरी पुर्याउनु
भन्न सकेका छैनन् ।।
भित्र फसाद भागबण्डाको
बाहिर आतंक छ गुन्डाको
हुँदा खानेहरुको उपबास सधैं
मजदुर को त उठिबास हुँदै ।।
हुनेखानेहरु हेर मस्त छन्
सक्दो बटुल्नमा ब्यस्त छन् ।
भाग्यमानी हामी कति ज्ञानी
चुपचाप सहेर बस्दछौँ
बोल्दा पोलिने त्रासले
लाटो बनि सब हेर्दछौँ।।
सारा विश्व डराए हार्न देउ
बेसारले रोग हामी हराउने छौँ
भोको बसेर के भो र ?
दरबार नयाँ कार्पेटले सजाउने छौँ ।
भोको बसेर के भो र ?
दरबार नयाँ कार्पेटले सजाउने छौँ ।।
- दिपेश कुमार भगत ।
(लेखक मेरिल्याण्ड कलेज, बिराटनगरका संयोजक हुनुहुन्छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :