कात्तिक मसान्तसम्म थपियो भारतसँगको सीमाबाट हुने आवतजावतमा रोक ।



प्रकाशित: असोज २७, मंगलवार, काठमाडौँ ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म लम्ब्याएको छ।

परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याउने निर्णय गरेको हो।

कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ भने भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको अवस्थालाई मध्यनजर गर्दै र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले सिमानाकाबाट हुने आवतजावत खुल्ला गर्दा स्थिति थप भयावह हुन सक्ने भएकोले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको हाे । यसअघि केही खुकुलाे पारिएपनि थप कडाइको साथ आवतजावतमा रोक लगाइने भएको छ।


यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो त्यसलाई थप गरी कार्तिक मसान्त सम्म लम्ब्याइएको छ।

ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहने जनाइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार