मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार, प्रहरीद्वारा हवाई फायर ।



प्रकाशित: असोज १८, आईतबार ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार भएको छ।

आइतबार साँझ काठमाडौंबाट बुटवल तर्फ आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

प्रहरीले ढुङ्गा प्रहारमा संलग्न भएको भन्दै केही व्यक्तिलाई पक्राउ समेत गरेको छ। प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको स्थानिय बासीहरुले बताएका छन्। अहिले घटनास्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


मुख्यमन्त्री शंकर पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडिमा समेत क्षति भएको छ।

प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार