भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण ।



प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सोमबार आएको आफ्नो कोरोना परीक्षणको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् ।

आइतबार सामान्य ज्वरो आएपछि मन्त्री नेम्बाङले सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री नेम्बाङको अवस्था सामान्य रहेको र हाल उनी निवासमै आराम गरिरहेको उनका प्रेस संयोजक सन्दिप राईले बताए ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार