हुम्लामा चीनले सीमा मिचेको प्रतिपक्षी दल नेपाली कांग्रेसको निष्कर्ष , सरकारको मौनता गम्भीर राष्ट्रघात ।



प्रकाशित: असोज २९, बिहीबार, काठमाडौँ । 
हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दावी गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ भने हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ।

बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् भने झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात भएको शर्माको भनाई छ ।
बिज्ञप्ति:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार