राजेश हमालको कार्यक्रम 'जनताको प्रश्न' विवादमा; हिन्दु समर्थकहरु द्वारा राजेश हमालको पुत्ला दहन ।



प्रकाशित: असोज २७, मङ्गलबार, काठमाडौँ ।
नेपाली समाजको विभेद र छुवाछुतको अन्त्यका लागि भन्दै समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ कार्यक्रम सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ अहिले विवादमा परेको छ ।

क्रिस्चियनहरुको लगानीमा हिन्दुविरोधी कार्यक्रम सञ्चालन गरिएको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाल लगायत चौतर्फी रुपमा चर्काे विरोध हुन थालेको छ ।


‘क्रिश्चियन एड नेपाल’ को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि विवादमा परेका छन् । महानायक भएर पनि कार्यक्रम मार्फत हमालले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप समेत उनलाई लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत अगाडि आउन थालेका छन् ।

सामाजिक संजालमा कार्यक्रमको चर्काे बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाउदै चर्काे विरोधसमेत गरेका छन् ।

कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग यादवको रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार