सरकार र डा. गोविन्द केसी पक्षबीच शनिबार मध्यराति ८ बुँदे सहमति ।


प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ । 
अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको छ।

अनशनको २७ औं दिनमा माग पुरा हुने सहमति भएपछि डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन् । सरकारसँगको वार्ता शुक्रबार भंग भएपछि डा. केसी पक्ष शनिबार आन्दोलनमा उत्रिएको थिए भने सहमति पश्चात चिकित्सकहरुले तय गरिएको आन्दोलनका कार्यक्रमहरु समेत फिर्ता लिएका छन्।

डा. केसी ६ बुँदे माग राख्दै १९औं पटक २७ दिनदेखि अनशनरत थिए भने डा. केसीलाई समर्थन जनाउँदै काठमाडौंसहित विभिन्न जिल्लामा डा. केसीको जीवनरक्षा माग गर्दै प्रदर्शन हुँदै आएको थियो । शनिबार मध्यरातमा करिब २० मिनेट वार्ता गरेपछि सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका छन्।

शनिबार राति ११:३० बजे आफूलाई बोलाएपछि सहमतिको वातावरण बनेको सरकारी वार्ता टोलीका संयोजक डा. क्षत्रीले बताए।


यससँगै आइतबार बिहान साढे ९ बजे अनशन तोड्ने सहमति भएको छ तर अनशन कसले तोडाउँछ त्यो निर्णय भइसकेको छैन।

यस्तो छ डाक्टर केसी र सरकारी वार्ता टोलीबीच भएको सहमतिको पूर्णपाठ:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार