लोकेसवा आयोगले प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पद पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन।



प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ ।
कोभिड–१९ संक्रमण बढ्दै गएका बेला लोकेसवा आयोगले वार्षिक कार्यतालिका अनुसार परीक्षाको तयारी थाले संगै आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । 

आयोगले बुधबार विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरी ६ सय ३८ पदको लागि विज्ञापन निकालेको हो। असोज पहिलो साता नै सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो भने निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन आयोगले गरेको छ।

त्यसैगरी गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ भने गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार