प्रतिबन्धित भारतीय नोटसहित विराटनगरमा एकजना पक्राउ ।



प्रकाशित: अशोज १६, शुक्रबार , विराटनगर ।  
नेपालमा प्रतिबन्ध लगाइएको भारतीय नोटसहित एक जनालाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ । हाल इटहरीमा बसोबास गर्दै आएका धनुषा निवासी सन्तोष महत्वलाई अवैधरुपमा नोट ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालमा प्रतिबन्ध लगाइएका भारु ५ सयका नोट सहित निज व्यक्तिलाई सशस्त्र प्रहरी बल र रानीको टोलीले विराटनगरबाट पक्राउ गरेको सशस्त्र प्रहरीका मोरङ जिल्ला एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो ।

महत्वको साथ बाट १,३२,००० स्रोत नखुलेका भारतीय रुपैयाँ बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । संलग्न माथि विदेशी विनियम ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार