होम आइसोलेसनमा संक्रमितको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने ।


प्रकाशित: कार्तिक २, आइतबार, काठमाडौँ । 
होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन अब परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ मा दोस्रो पटक संशोधन गर्दै यस किसिमको व्यवस्था गरेको हो।

यस व्यवस्था अनुसार यदि कुनै संक्रमित व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्नेछ । तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । 

पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ । यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार