सरकारले सर्प पालनलाई विशेष प्राथमिकता, जग्गा खरिदमै सवा ६ करोड ।



प्रकाशित: असोज २४, शनिबार, काठमाडौँ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरि २७ हजारको संख्यामा कोभिड १९का सक्रिय संक्रमित रहेका छन् भने एक वर्ष अवधि पुग्नै लागेका बेला कोभिड १९का विरामी नेपालमा १ लाख भन्दा बढी भइसकेका छन् । उपत्यकामा संक्रमितको संख्या दैनिक बढ्दो रहेकोले अवस्था भयावह भइरहेको विरामीलाई आइसीयु र भेन्टिलेट पाउनै मुस्किल हुने भन्दै विरामीका लागि आइसीयु र भेन्टिलेटर नपुग्ने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेसँगै सबैलाई अस्पताल नजान आग्रह गरेका छन्।

एक वर्ष पुग्नै लाग्दासम्म पनि कोभिड अस्पताल, भेन्टिलेटर, आइसियू लगायत आवश्यक पूर्वाधार बनाउन चासो नदिएको सरकारले नागरिकलाई बचाउन खासै पूर्वाधार तयार पार्न सकेको छैन भने यही समयमा सर्प पालनलाई विशेष प्राथमिकता नेपाल सरकारले दिएको छ ।

कोभिड नियन्त्रणका लागि प्रशस्त समय हुँदा हुँदै आवश्यक पूर्वाधार बनाउन नसकेको र कोभिड १९ नियन्त्रणमा असफल भइसकेको सरकारले नेकपाका बरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापना गरिएको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान सर्प पालन एवं एन्टीभेनम उत्पादन परियोजनालाई विशेष ध्यान दिए र ७२ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा यसअघि नै गरेको छ । सर्लाहीको लालबन्दीमा सर्प पालन र एन्टीभेनम उत्पादनका लागि संघीय सरकार, प्रदेश २ सरकार र सर्लाहीको लालबन्दी नगरपालिकाले ७२ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।


सम्झौता अनुसार प्रतिष्ठानमार्फत खर्च गर्न सुरु गरेको सर्लाहीको लालबन्दी नगरपालिकाले गत भदौ अन्तिममा करिब १८ करोड रुपैयाँ उपलब्ध गराएको छ भने सोही अनुसार प्रतिष्ठानमार्फत आयाेजनाले एउटै शिर्षकमा दुई दुई पटक रकम खर्च गरेको कागजपत्र समेत फेला परेको छ। कागज अनुसार प्रतिष्ठानले एउटै शिर्षक दुई दुई पटक उल्लेख गरेर १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ विभिन्न शिर्षकमा खर्च गरिएको जानकारी नगरपालिकालाई गराएको छ ।

फेला पारेको विवरण अनुसार लालबन्दी नगरपालिकाले भदौ २९मा उपलब्ध गराएको रकम विभिन्न शिर्षकमा खर्च गरिएको छ जसअनुसार प्रत्येक महिनाको सानानगदी कोषको रकम आयोजना कार्यालय र सम्पर्क कार्यालयको लागि भन्दै १ लाख ८० हजार ७ सय ८० रुपैयाँ खर्च गरिएको छ । त्यसैगरी कोभिड १९ रोकथामका लागि अनिवार्य भएकाले विभिन्न मितिमा स्वास्थ सामग्री खरिदका लागि भन्दै खर्च १ लाख ६ सय ९८ रुपैयाँ र मसलन्द खरिदमा १८ हजार ८ सय ५५ रुपैयाँ खर्च गरिएको खर्च विवरणमा उल्लेख छ।

प्रत्येक महिनाको घरभाडा वापतको र आयोजना कार्यालयको घरभाडाको लागि दिइएको धरौटी सहीतको ५ लाख ६८ हजार ५३ रुपैयाँ १ पैसा आयोजनाको लागि विभिन्न विज्ञापन तथा सूचनाहरु प्रकाशित गरेवापत ४ लाख ८८ हजार ९२ रुपैयाँ २० पैसा र हवाई भाडा, बैठक भत्ता लगायतमा ४ लाख ६ हजार ७ सय ५० रुपैयाँ खर्च गरिएको बिवरणमा उल्लेख छ।

त्यसै गरी आयोजना स्थापनाको रिपोर्ट, पहिलो, दोस्रो, तेस्रो र चाथौ डीपीआर रिपोर्ट तथा ईआइएमा ३ करोड ४८ लाख ५९ हजार ३ सय ७० रुपैयाँ खर्च गरिएको खर्च विवरणमा उल्लेख छ भने दोस्रो चरणको अन्तिम रिपोर्ट, तेस्रो चरणको अन्तिम रिपोर्ट र डीपीआरकै अन्तिम रिपोर्ट शिर्षकमा १ करोड ८७ लाख ७० हजार ४ सय ३० रुपैयाँ खर्च गरिएको छ ।

कर्मचारीहरुको तलब भत्तामा १४ लाख ८३ हजार ९९ रुपैयाँ ३३ पैसा, इन्टरनेट र अन्य सञ्चाल शिर्षकमा ६९ हजार ४ सय २२ रुपैैयाँ खर्च गरिएको छ भने २ वटा मोटरसाइकल खरिद शिर्षकमा ४ लाख ९९ हजार ७ सय रुपैयाँ, विभिन्न स्टेशनरीको सामान र अन्य विविध सामानहरु ख्रिद ६० हजार १ सय ९० रुपैयाँ खर्च गरेको विवरण आयोजनाले नगरपालिकामा बुझाएको छ।

यसअघि नै विवरण अनुसार आयोजनाको कार्यालयको सानातिना व्यवस्थापकीय खर्च शिर्षकमा ६६ हजार ७ सय ८५ रुपैयाँ, आयोजना कार्यालय मर्मता तथा सम्भार शिर्षकमा ६३ हजार ७ सय ८३ रुपैयाँ ९० पैसा र आल्मोनियम पार्टेशन खर्च ८५ हजार ३ सय ६२ रुपैयाँ ४६ पैसा खर्च गरिएको छ ।

३ लाख ४१ हजार ९० रुपैयाँ ५० पैसागाडीको मर्मत सम्भारमा खर्च गरिएको छ भने कर्मचारीको बीमा खर्च ५४ हजार ८ सय ८० रुपैयाँ, चार पांग्रेगाडी खरिद ४९ लाख ४४ हजार ६ सय १४ रुपैयाँ ६० पैसा, आयोजनाको आधिकारिक वेवसाइट निर्माणमा ९८ हजार ५ सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । त्यस्तै चेक प्रिन्टर तथा भ्याकुम तथा अन्य इलेक्ट्रोनिक्स सामान खरिद ६९ हजार १ सय रुपैयाँ, फ्रिज र भ्याकुम खरिद ३२ हजार ५ सय ७५ रुपैयाँ, कार्यालय प्रयोजनका लागि मोबाइल सेट खरिद शिर्षकमा ३१ हजार ७५ रुपैयाँ त्यस्तै पंखा खरिद शिर्षकमा ७० हजार रुपैयाँ, मोटर खरिदमा १७ हजार रुपैयाँ, एसी खरिद ३ लाख ६० हजार ४ सय ९८ रुपैयाँ २५ पैसा, क्यामेरा र डिस्प्ले बोर्ड खरिद ३ लाख १२ हजार रुपैयाँ खर्च गरिएको छ भने फर्निचर तथा फर्निसिङ खर्च १८ लाख ८० हजार ४ सय ३३ रुपैयाँ, फर्निचर खरिद खर्च ७८ हजार ८ सय ९६ रुपैयाँ, कम्प्युटरको विभिन्न सामान खरिद खर्च ७१ हजार ६ सय ४२ रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यस्तै इन्भर्टर खरिद शिर्षकमा ४ लाख ९८ हजार ५ सय रुपैयाँ, ल्यापट, प्रिन्टर, प्रोजेक्टर, फोटोकपी मसिन खरिद १३ लाख ५४ हजार ६ सय रुपैयाँ, डीपीआरको सुपरिभिजन, इन्जिनियरिको खर्च र आयोजनाको खरिद प्रक्रियाको लागि विज्ञहरुको परामर्श सेवा शिर्षकमा १८ लाख २२ हजार ७ सय ३१ रुपैयाँ ३० पैसा खर्च गरिएको विवरणमा उल्लेख छ। 

यसरि नै झलनाथ खनाल प्रतिष्ठानको सवारी साधन भाडावापतको खर्च र सवारी साधनका लागि इन्धनमा मात्रै १० लाख ८३ हजार ३ सय ६५ रुपैयाँ तथा जग्गा खरिदमा ६ करोड २५ लाख ६४ हजार ९ सय २५ रुपैयाँ ५ पैसा खर्च गरिएको विवरण पेश भएको छ।

फर्निचर खरिद, फर्निचर एवंम फर्निसिंग खर्च लगायतका शिर्षक दुई दुई चोटी विमानमा उल्लेख गरिएको देखिन्छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार