नेपाल दोस्रो पटक युनाइटेड नेशन्सको मानव अधिकार परिषद्को सदस्यको रूपमा छनौट ।



प्रकाशित: असोज २८, बुधबार । 
नेपाल दोस्रो पटक युनाइटेड नेशन्स (यूएन) को मानव अधिकार परिषद्को सदस्यको रूपमा छनौट भएको छ । मंगलबार राति युएन मुख्यालयमा भएको मतदानमा नेपाल तीन बर्ष (२०२१ देखि ०२३) को सदस्यको रूपमा निर्वाचितभएको हो । यस अघि नेपाल २०१८-२०२० को सदस्यको रूपमा निर्वाचित भएको थियो। 

एशिया प्रशान्त क्षेत्रका सदस्यका रूपमा चुनिएका अन्य देशहरू चीन, पाकिस्तान र उज्बेकिस्तान छन् । परराष्ट्र मन्त्रालयका अनुसार गोप्य रूपमा गरिएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो । 

ट्वीटर सन्देशमा विदेश मन्त्री प्रदीप ज्ञवालीले, नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषद्को सदस्यको रूपमा चुनेको जानकारी दिएका छन् र उनीहरूले गरेको मतदानका लागि न्यूयोर्क र जिनेभामा रहेका नेपाली मिसनलाई कडा परिश्रम गरेकोमा सबै राष्ट्रलाई धन्यवाद दिएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार