सरकारले रेमडेसिभिरको आयात, बिक्री र वितरणलाई अनुमति दियो ।


प्रकाशित: कार्तिक १, शनिबार, काठमाडौँ ।  
सरकारले नेपालमा कोभिड-१९ को उपचारमा प्रयोग हुने एन्टि भाइरस औषधि रेम्डेसिविरको आयात, बिक्री र वितरणका लागि अनुमतिपत्र जारी गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप प्रवक्ता डा.समीर कुमार अधिकारीले औषधि प्रशासन विभागले तीन कम्पनीलाई यसका लागि अनुमतिपत्र जारी गरेको जानकारी दिएको छ।

यती फार्मेसेम डिस्ट्रिब्यूटर्स प्राइवेट लिमिटेड, ललितपुर र सिनर्जी ओभरसीज प्रा.लि., काठमाडौंका नेपाली कम्पनीहरू हुन् र हेटरो ल्याब्स लिमिटेड भारतीय कम्पनी हो।

कोभिड-१९ को बिरूद्ध कुनै ठोस औसधि हालसम्म विकसित गरिएको छैन, तर रेम्डेसिविर भने अनुसन्धानका लागि नेपालमा प्रयोग भैरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार