संक्रमण रोक्न स्वास्थ्यसम्बन्धी प्रोटोकल अपनाउन निर्देशन भएपनि मानेनन् शिक्षणसंस्था र व्यापारी।


प्रकाशित: असोज २५, आइतबार, विराटनगर । 
कोरोना महामारीको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्था छ। समुदायस्तरमा फैलिएको कोभीड १९ को संक्रमण नियन्त्रण हुन सकेको छैन भने मृत्युदर पनि बढ्दै गइरहेको छ।

लामो समयको बन्दा बन्दीपछि खुला गरिएसँगै संक्रमण दर बढ्न थालेको हो। चौतर्फी दबाबपछि व्यापार व्यवसाय सञ्चालन गर्न सरकारले स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको भएपनि बजारका पसल तथा व्यापारीहरुबाट सो निर्णय को उल्लंघन गरिएको प्रष्ट देखिन थालेको छ।

सवारीसाधनमा ५० प्रतिशत‌ यात्रु राखी संचालन गर्नको लागि भाडा बढोत्तरी गरिएको थियो तर भाडा बढेपनि विना स्वास्थ्य मापदण्ड पूर्णक्षमतामा सवारी सञ्चालन भइरहेको देखिन्छ भने अर्कोतिर बजार पसलमा सामाजिक दुरी कायम नगरी स्वास्थ्य मापदण्ड नअपनाइ सञ्चालन गरिएको प्रष्ट देखिन्छ।

लकडाउन खुला गरिएपनि शिक्षण संस्थाको क्षेत्रमा भने अझै प्रतिबन्ध जारी नै छ। दशैँ नजिकिएसंगै शुल्क असुल्ने बहानामा परीक्षा सञ्चालन गर्न लागेका शिक्षण संस्थाहरुलाई सरकारी तवरबाट रोक लगाइए पनि शिक्षण संस्थाहरुले निजी रुपमा आन्तरिक परिक्षा बताउँदै शुल्क असुल्ने क्रियाकलाप रोकेका छैनन्।


बिभिन्न स्कुल तथा कलेज हरुले अनलाइन कक्षा सञ्चालन गरेको भरमा आन्तरिक परिक्षा लिने भन्दै विद्यार्थी संघको अपूर्ण शुल्क असुलिरहेका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले यस्ता क्रियाकलाप नगर्न नगराउन र मन्त्रीपरिषद बाट निर्णय भइ जारी गरिएको आदेश पालना गर्न-गराउन सबैमा अनुरोध गर्दै सुचना जारी गरेको छ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार