लकडाउनको समयमा मानव तस्करीको जोखिम।


 


प्रकाशित: २१ असोज, बुधवार, झापा ।
माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरेको छ। नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरीकी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरेको हो ।

उनीहरुलाई आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिन्छु भनी बहाना बनाएर बोलाएको थियो। सोमबार साँझ पानीटङ्कीतर्फ जाने क्रम मा उनीहरुलाई माइती नेपाल र इप्रका काँकडभिट्टाको प्रहरी टोलीले सीमामा फेला पारेको थियो ।

तत्काल उनिहरुलाई उद्धार गरी काँकडभिट्टाकै माइती नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उनले कोरोनाको कारणले लकडाउन भएको समयमा समेत मानव तस्करीको जोखिम बढेको जानकारी दिए ।


उनले यस अघि पनि  लकडाउनकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट अर्का चार जनालाई उद्धार गरेको जानकारी दिए। यस्तो समयमा सीमामा खटिएका माइती नेपाल र सीमा प्रहरी लाई गोविन्द घिमिरे ले धन्यवाद व्यक्त गरेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार