अनशनको २७ औ दिनमा डा. केसी र सरकार पक्षबीच ८ बुँदे सहमति, चिकित्सकद्वारा आन्दोलनको कार्यक्रम फिर्ता।


प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ ।
अनशनको २७ औ दिनमा डा. केसी र सरकार पक्षबीच ८ बुँदे सहमति भएपछि आवसीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

सहमतिको प्रशंसा गर्दै चिकित्सकहरुले सम्झौता भएका सम्पूर्ण कुराहरु कार्यान्वयन भै २० औ अनशन बस्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने आशासहित असोज २४ गते विज्ञप्ति जारी गरी सम्पूर्ण आवासीय चिकित्सकहरुले २५ गते गर्ने भनिएको इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार लगाएतका सबै कार्यक्रमहरु फिर्ता गरिएको व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

त्रि.वि. शिक्षण अस्पतालका नेसनल रेसिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. सुभाष देवकोटा, चि.वि.रा.प्र.का न्याम्सका रेसिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा. प्रकाश भट्टराई र सोसाइटी बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयरका अध्यक्ष डा. राजेन्द्र घिमिरेले विज्ञप्तिमार्फत आन्दोलनको कार्यक्रम फिर्ता लिएको बताएका हुन्।

आवासीय चिकित्सकले आइतबार इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गर्दै नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रममासमेत ऐक्यवद्धता जनाएका थिए भने सरकार र डा. गोविन्द केसी पक्षबीच शनिबार मध्यराति ८ बुँदे सहमति भए पछि डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले सरकारी र डा. केसी पक्षबीच निर्णायक वार्ता गराउन भूमिका निर्वाह गरेकी छन्।

सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्न भने सहमतिपछि डा. केसीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार