अमेरिका भन्छ वार्ताले काम गर्दैन, चीनविरुद्ध भारतले प्रतिकारमा उत्रने गरीको तयारी थाल्नु।


प्रकाशित: असोज २५,आइतबार, एजेन्सी । 
लद्दाख लगायतका क्षेत्रमा चीनसँगको सीमा विवाद लम्बिरहँदा अमेरिकाले भारतलाई प्रतिकारमा उत्रनका लागि  सुझाव दिएको छ ।

चीनलाई वार्ताबाट मनाउन नसकिने भएकाले भारतले प्रतिकारमा उत्रने गरीको तयारी थाल्नु पर्ने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सुझाएका छन् ।  

भारतीय दैनिक टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारमा ब्रायनको भनाई उद्धृत गर्दै भनिएको छ, ‘चीन आफ्नो प्रभुत्व बढाउने प्रयासमा छ उसले वार्ताबाट सहमति जनाउँदैन, हामीले यो कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ कि जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न ।’

अमेरिकाले लामो समयदेखि चीनसँग सहमतिको प्रयत्न गर्दा पनि अटेर गरेको उल्लेख गर्दै ब्रायनले भने,’ वार्ता वा सहमतिबाट समस्या सुल्झाउने प्रयासले कुनै उपलब्धि हुँदैन। जुन प्रयास हामी लामो समयदेखि गरिरहेका छौं।’


भारत र चीनबीच लद्दाख मामिलामा अक्टोबर १२ अर्थात् सोमबार दुई देशका कमान्डरबीच वार्ता हुँनै लाग्दा प्रतिकारमा उत्रन भारतलाई दिएको उनका अभिव्यक्ति सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री एवं रक्षामन्त्रीबीच पनि बैठक हुँदैछ। - एजेन्सी ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार