शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको सङ्कटको घडीमा समेत विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकारवालाहरुलाई आह्वान गरेका छन् ।
विश्व शिक्षक दिवस-२०२० का अवसरमा विश्वस्तरमा भर्चुअल रुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै पोखरेलले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यक पर्ने भएका कारण उत्कृष्ट नतिजा दिन हरेक क्षण आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गरे ।
मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :