दशैं तिहारमा सिभिल मलमा किनमेल गर्नेलाई यामाहाको एफजेड बाइक र थुप्रै उपहार ।



प्रकाशित: असोज २४, शनिबार ।  
सिभिल मलले चाडपर्वमा किनमेल गर्ने उपभोक्ताहरुलाई लक्षित गरि आकर्षक उपहारहरु प्रदान गर्ने घोषणा गरेको छ जसअन्तगर्त यामाहाको एफजेड बाइकदेखि लिएर घरेलु उपकरण र गिफ्ट भौचरहरु रहेका छन्  । 

सिभिल मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको बताएको छ । सपिङ गर्ने एक जना उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड (FZ ) मोटरसाइकल पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक हप्ता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसी एशिया बैंकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत सम्म छुट पाउने जनाइएको छ । 

एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनाले ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनाले बोधि स्युइटमा ३ दिन २ रातको  लागि पोखरा भ्रमणको पनि व्यवस्था गरिएको छ । सिभिल मलमा सामान खरिद गर्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउने भएका छन्।


मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिने छ। लक्की ड्र मार्फत बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले आफु विजेता भए नभएको  सिभिल मलकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सक्नेछन । यो योजना असोज २३ गतेदेखि मंसिर १३ सम्म लागु हुने जानकारी छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार