रोनाल्डिन्होलाई कोरोना संक्रमण ।


तस्विर: गोल डट कम

प्रकाशित: कार्तिक ११, मंगलबार, एजेन्सी ।
 
ब्राजिलका पुर्व स्टार रोनाल्डिन्होलाई कोरोना संक्रमण भएको छ । तर उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । ४० वर्षे पुर्व मिडफिल्डर अहिले ब्राजिलमै छन् । बेलो होरिजोन्टेमा उनी अनिवार्य सेल्फ आइसोलेसनमा बसेका छन् । 

‘म हिजो देखि बेलो होरिजोन्टेमा छु । एउटा कार्यक्रममा भाग लिन म यहाँ आएका हु । मलाई कोरोना पाजेटिभ देखिएको छ,’रोनाल्डिन्होले सामाजिक सन्जालमा सोमबार लेखेका छन्, ‘म ठीक छु । मलाई कुनै लक्षण देखिएको छैन । तर हामीले केहि दिनका लागि कार्यक्रम सारेका छौं । हामी चाडै सँगै हुनेछौं ।’

सन् २०२० रोनाल्डिन्होका लागि उतार चढावपुर्ण रह्यो । विश्व कप विजेतालाई यो वर्ष सुखद हुन सकेन । पाराग्वेमा झन्डै ५ महिना उनी नजरबन्दमा रहेर अगष्टमा छुटेका हुन् । जाली पासपोर्ट बोेकेको आरोपमा आफ्ना दाईसँगै उनी पक्राउ परेका थिए । १ सय ७१ दिनको नजरबन्दमा उनी ३१ दिन जेलमा बसेका थिए । त्यसपछि उनलाई पाराग्वेको एक होटलमा बस्ने अनुमति दिएको थियो । ५ महिनापछि मात्र उनी त्यहाँबाट मुक्त भएर स्वदेश फर्केका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार