आगामी अक्टोबर १७ देखि विदेशी पर्यटक नेपाल आउन पाउने, क्‍वारेन्टाइनमा बस्नुनपर्ने । ।



प्रकाशित: असोज २४, शनिबार, काठमाडौँ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई आगामी अक्टोबर १७ देखि प्रवेश गर्न दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले अबको एक साता पछिदेखि बिदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने घोषणा गरेको हो । विदेशी पर्यटकले नेपाल भ्रमण गर्नुअघि पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने सरकारी अधिकारीहरुले जनाएको छ।

पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पनि भिसा दिइनेछ छ भने सरकारले पर्यटकको कोभिड बिमा पनि मिनाहा गर्ने तर यस सम्बन्धी बिरामी भएको खण्डमा उनीहरुले उपचार खर्च आफैँ व्यहोर्नु पर्ने बताएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार