विराटनगर सामुदायिक विद्यालयहरूले गरे पढाईको सुरुवात: प्रशंसनीय सुरुवात ।


प्रकाशित: अशोज १७, शनिबार, बिराटनगर ।
एउटा क्षेत्रलाई खुला छोडिदिने र अर्को आवश्यक क्षेत्रलाई चाहिँ मुखै थुनी दिने कुरा पक्कै पनि न्यायोचित हुँदैन ।
विराटनगर ३ वटा सामुदायिक विद्यालयहरुले प्रत्यक्षरुपमा विद्यार्थीहरुलाई पठनपाठन गराउन थालेका छन् । विराटनगर १३ मा अवस्थित बाल निम्न माध्यमिक विद्यालय, विराटनगर ११ मा अवस्थित जनपथ स्कूल र विराटनगर धरान रोडमा रहेको सत्य नारायण उच्च माध्यमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । 

विद्यार्थीहरु विद्यालयका पोशाकमा तथा केही विद्यार्थीहरु क्याजुअल पोशाकमा विद्यालयमा पढ्न आएका छन् । आफुलाई चाहिने शैक्षिक सामग्रीहरु बोकी, मास्क लगाएर उनीहरुको विद्यालयमा पढ्न आउने गरेका छन् । 

विद्यालयले कक्षाकोठा भित्र भौतिक दूरी कायम गरेर पढाएको देखिन्छ । स्वास्थ्य मापदण्ड पुरा गरि, ज्वरो नापी, सेनिटाइजरको प्रयोग गरी कक्षाकोठामा उनीहरुलाई प्रवेश गराइन्छ र स्वास्थ्य सावधानी अपनाएर दुरी कायम गरि शिक्षकहरुले पढाउने गरेका छन् । देशका बिभिन्न भूभागहरुमा विद्यालयहरुमा पठनपाठन सुरु भइरहेको अवस्थामा विराटनगरमा पनि यस किसिमको पढाइ सुरु हुनु प्रशंसनीय छ । 

शैक्षिकसत्र को मध्य अवस्था आइपुग्दा सम्म विद्यार्थीहरु कतिन्जेल शैक्षिक अन्यौलतामा रहने ? विभिन्न वैकल्पिक माध्यमबाट पनि सिकाइ सहजीकरण भइरहेको तर यसबाट सबै विद्यार्थीहरू लाभान्वित हुन सकिरहेका छैनन् त्यसकारण स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न विकल्पसहित विद्यालयलाई निर्मलीकरण गरि पठनपाठन गराउनु आवश्यक देखिन्छ । पढ्न आएका विध्यर्थिहरु पनी शिक्षकहरुले, र विद्यालयले यस्तो प्रयाश गरिदिएकोमा खुशी व्यक्त गर्दछन ।


यातायात, कलकारखाना तथा होटल व्यवसाय हरुमा पनि भिडभाड नहुने भन्ने होइन तर त्यहाँ पनि स्वास्थ्य मापदण्ड अपनाएर सवारी साधन, हवाई उडान, वस्तु तथा सेवा उत्पादन, बिक्री वितरण भइरहेको छ भने शिक्षा क्षेत्रमा चाहिँ अन्योलता किन कायम गराई रहने? गास, बास, कपास सहित शिक्षा र स्वास्थ्य भनेका आधारभूत आवश्यकताहरु हुन । विद्यालयलाई सिनेमा हलसँग दाँज्न मिल्दैन । मनोरञ्जन भनेको व्यक्तिको इच्छा हो तर शिक्षा भनेको आवश्यकता हो । 

यसबाट भर्चुअल पद्धतिको शिक्षणसिकाइबाट लाभान्वीत नभएका विद्यार्थीहरु प्रत्यक्षरुपमा लाभान्वित हुन पाएका छन् । विभिन्न सिफ्टमा विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर, भौतिक दुरी कायम गरी पढाउन नसकिने भन्ने कुरामा कुनै तुक छैन । विगत महिनौंदेखि बेतलबी रहेका शिक्षक र महिनौं देखिनै अन्योलमा रहेका विद्यार्थीहरु दुवैको हितको लागि यस्ता किसिमका प्रयास आवश्यक मान्न सकिन्छ । 

एउटा क्षेत्रलाई खुला छोडिदिने र अर्को आवश्यक क्षेत्रलाई चाहिँ मुखै थुनी दिने कुरा पक्कै पनि न्यायोचित हुँदैन । त्यसकारण समग्र विद्यार्थी तथा शिक्षक समुदायको हितका लागि स्वास्थ्य मापदण्ड आपनाएर यसरी भौतिकरुपमा विद्यालयमा पठनपाठन गराउनका लागि, अभिभावक तथा सम्पूर्ण शैक्षिक निकाय र सरोकारवाला हरुले चासो देखाउनु आवश्यक छ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार