प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण ।



विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । 

मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए । मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । 

उनि अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गरेका छन् । यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । 


उनि अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य छ । रासस 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार