आईपीएल २०२०: दिल्लीले राजस्थानलाई ४६ रनले हरायो ।



प्रकाशित: असोज २४, शनिबार । 
नेपाली क्रिकेटर सन्दीप लामिछाने सामेल दिल्ली क्यापिटल्सले  शुक्रबार रात युएईमा इण्डियन प्रीमियर लिग अन्तर्गत आयोजित क्रिकेट खेलमा राजस्थान रोयल्सलाई ४६ रनले हराएर अंक तालिकामा पुगेको छ।

शारजाह क्रिकेट स्टेडियममा आयोजित खेलमा राजस्थान रोयल्स १९.४  बलमा १३८ रनमा अलआउट भएको थियो भने दिल्लीले १८५ रनको लक्ष्य दिएको थियो।

राजस्थानका राहुल तेवाटियाले सर्वाधिक ३८ रन, वाईबीके जयस्वाल, एसपीडी स्मिथ र जेसी बुटलरले क्रमशः ३४, २४ र १४  रन जोडे।


राजस्थानलाई १३८ रनमा सिमित  गर्न दिल्लीका के रबाडाले तीन विकेट लिए भने आर अश्विन र एमपी स्टोइनिसले दुई विकेट लिए।

यस अघि टस गुमाएपछि पहिले ब्याटिङ्ग गर्न निम्त्याइएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १८४  रन बनायो।

दिल्लीका एसओ हेटिमियरले २४  बलमा ४५ रन जोडे, एमपी स्टोइनिसले ३९ रन बनाए भने कप्तान एसएस अय्यरले १८ बलमा २२ रन बनाए।

जवाफमा राजस्थानका जेसी आर्चरले दिल्लीको सर्वाधिक ३  विकेट लिए भने कार्तिक त्यागी, एजे टाय र आर तेवाटियाले एक-एक विकेट लिए।

जितसँगै दिल्ली १० अंकको साथ छैटौं स्थानमा छ। यो दिल्लीको पाँचौं जीत हो। राजस्थान चार अंकको साथ सातौं स्थानमा छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार