नेप्से आज २५ अंकले उकालो लाग्यो ।



प्रकाशित: कार्तिक १२, बुधबार, विराटनगर ।
सेयर बजारमा आज राम्रो उछाल देखिएको छ । कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेको बजारमा डेढ नबज्दै २५ अंकको सुधार आयो भने कारोबार पनि डेढ अर्ब हाराहारी नै पुग्यो । नेप्से २५ अंकले उकालो लागेर १६ सय ३२ पुग्यो । जलविद्युत् र उत्पादनमूलक समूहबाहेक अरु सबै समूह उकालो लोगका छन् ।

दशैंपछिको कारोबारमा बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । वाणिज्य बैंक समूहमा ३ प्रतिशत बढी अर्थात् ३८ अंकको वृद्धि आएको छ । विकास बैंक समूहमा पनि डेढ प्रतिशत अर्थात् ३५ अंकको वृद्धि आएको छ ।

जीवनबिमा समूह ५२ अंकले उकालो लागेको छ । २ बजेसम्म नेप्सेमा १८० कम्पनीको ५२ लाख बढी कित्ता सेयर एक अर्ब ५७ करोडमा किनबेच भइसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार