पशुपतिमा विद्युतीय शवदाह मेशिन सहित शवदाह गृह निर्माण गर्न सम्झौता ।



प्रकाशित: असोज २९, बिहीबार, काठमाडौँ । 
पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोष बीच सम्झौता भएको छ ।

काठमाडौँ बमहानगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी तिलगंगामा थप ३ वटा विद्युतीय शवदाह मेशिन सहित शवदाह गृह निर्माण गर्न सम्झौता भएको हो ।

महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।


अहिले दैनिक ३५ देखि ४५ वटा शवदाह हुने गरेकोमा २० वटा शव विद्युतीय गृहमा दाह गर्ने गरिएको छ भने लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिएका छन भने सम्झौता र स्वीकृत भएको नक्सा डिजाइन अनुसार काम भए÷नभएको अनुगमन गर्न शहरी विकास पूर्वाधार विभागको विभागिय प्रमुखको संयोजन रहने गरी २ सदस्यीय समिति पनि गठन भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार