महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीका सचिव पक्राउ ।


 प्रकाशित: २० असोज, मंगलवार , महोत्तरी ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिव मिथिलेश यादव बुधबार पक्राउ परेका छन् । स्थानिय प्रहरीको अनुसार बेलुकी बुधबार नजिकैको हटियाबाट ३० बर्षीया महिलाले आफ्नो ढकिया र टोकरी बेचेर फर्किदै गर्दा साे महिलालाई बलात्कार गरेको आरोपमा सो यादवलाई नियन्ऋ्णमा लिएका छन्। पीडित महिला गाउँ नजिकैको खोलामा पुग्दा वडा सचिवले रोकेको र जबरदस्ती समातेर झाडीतिर लगेर बलात्कार गरेको उनले बताएकी छन् । उनका अनुसार जबर्जस्ती करणीपछि यादवले एक जनालाई बोलाएर मोटरसाइकलमा घर फर्किएका आफूले प्रहरीलाई जानकारी गराएको बताइन् ।


प्रहरीले अनुसन्धान गरिरहँदा यादवका आफन्तले घटना मिलाउन पीडितलाई प्रलोभन देखाएर पीडित महिलालाई "शुरुमा १० लाख रुपैयाँ दिन्छु तर  कुरा नमिले पछि  १० लाख रुपैयाँ या त १० कठ्ठा खेत दिन्छु भनी पीडितलाई भने"। साथमा यसबाहेक पनि अरु जे चाहिन्छ, त्यो पनि दिने कुरा पीडितले बताएकी छन् । ‘हामी जे भन्छौं, त्यो मानिहाल, नभए ठीक हुँदैन’ भनेर यादवले पीडितलाई धम्की  दिएर फर्किएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार