डा. केसीलाई समर्थन जनाउँदै आकस्मिक र कोभिडबाहेकका सेवा बहिष्कार गर्ने डाक्टरहरूको घोषणा ।



प्रकाशित: असोज २४, शनिबार, काठमाडौँ ।
यसअघि सेवा बहिष्कारको घोषणा गरिएकोमा वार्ता सकारात्मक भए पछि स्थगित गरिएको नेपाल चिकित्सक संघले आन्दोलन सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेको छ ।

संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने विज्ञप्ति जारी गर्दै संघले जनाएको छ।

यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने संघले घोषणा गरेपछि सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार