एल क्लासिकोमा मार्टिनेज मुख्य रेफ्री


एजेन्सी– स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले लालिगामा शनिबार हुने ७ खेलका लागि रेफ्रीहरुको घोषणा गरेको छ । रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको मुख्य रेफ्री जुआन मार्टिनेज मुनुएरा रहनेछन् । भिएआरमा भने जोसे मारिया सान्चेज मार्टिनेज हुनेछन् ।

मार्टिनेज मुनुएराले आफ्नो रेफ्री करियरमा २७ पटक रियलको खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका छन् । जस मध्य रियलले १८ खेल जितेको । ८ खेलमा बराबर र ४ खेलमा भने रियलले हार बेहोरेको छ । पछिल्लो पटक उनले रियल र रियल सोसिडाडविरुद्ध सिजनको पहिलो खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो । 

त्यस्तै मार्टिनेजले बार्सिलोनाको २१ खेलमा रेफ्री गरेका थिए । जसमा बार्सिलोना १५ जित, समान ३ बराबर र त्यति नै हार बेहोरेको थियो । गत सिजनको अन्तिममा बार्सिलोना र लेगानेसबीचको खेलमा उनले रेफ्री गरेका थिए । जसमा बार्सिलोना २–० विजयी भएको थियो । 

मार्टिनेजले अहिले सम्म रियलका ५० खेलाडीलाई पहेंलो कार्ड देखाएका छन् । जेसस भालोजोलाई भने रातो कार्ड देखाएका थिए । त्यस्तै बार्सिलोनाका ४९ खेलाडीले उनीबाट पहेंलो कार्डको दर्शन गरेका छन् । ३८ वर्षे मार्टिनेज खेल रेफ्री गर्दा रियल र बार्सिलोनाले समान ५ पटक पेनाल्टी पाएका छन् । 

हाम्रोखेलकुद बाट साभार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार