प्रकाशित: असोज २२, बिहीबार, बिराटनगर ।
सरोकारवालाको बेवास्ताले गर्दा बाटो निर्माणको काम समयमै सम्पन्न नहुँदा जनताहरुले सास्ती भोग्दै आउनुपरेको छ। विराटनगर जोगवनी जोड्ने तल्लो बाटो रानी सिकियाही अन्तर्गतको सडकखण्ड लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको छ ।
केहि दिन अगाडी मात्र कल्भर्ट निर्माणको क्रममा लामो समयसम्म सम्पन्न नहुँदा दुर्घटनामा एक जनाले ज्यान समेत गुमाउनुपरेको छ भने हिजो मात्र एक जनाको दुर्घटना हुँदा हात भाँचिएको छ।
विराटनगर १५ र १६ जोड्ने बैँक चौक भन्ने ठाउँमा बाटो निर्माणको काम पूरा हुन सकेको छैन भने बर्षातको पानी जमेर बाटोको अवस्था निकै खराब बनेको छ । गिट्टी मात्र रहेको बाटोमा स्कुटी स्लिप भई बाटो अगाडिको खाल्डोमा पस्दा दुर्घटना भएको हो। दुर्घटना मा स्कुटी क्षतिग्रस्त भएको छ भने एकजनाको हात भाँचिएको छ।
यसरी पटकपटक दुर्घटना हुँदा ज्यानसमेत गुमाउनु परेको छ तर सरोकारवालाहरूको यसप्रति गम्भीर ध्यानाकर्षण हुन सकेको छैन।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :