सिद्धार्थ बैंकको ३ अर्ब रुपैयाँ बराबरको “ ८.५० प्रतिशत एस बि एल डिबेन्चर- २०८४” मा लगानीकर्ताको उल्लेखनीय सहभागिता ।



प्रकाशित: असोज २६, सोमबार, काठमाडौँ ।
सिद्धार्थ बैंक लिमिटेडले आश्विन १६ गते निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको “ ८.५० प्रतिशत एस बि एल डिबेन्चर- २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ।

निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द गरिएको थियो भने लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै माग भन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले बताएका छन्।

सिद्धार्थ बैंक लिमिटेडले लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार