चाडबाड नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रहरुमा तस्करी बढ्दो, प्रशासनको कडा निगरानी आवश्यक ।


प्रकाशित: अशोज १६, शुक्रबार ।
प्रदेश नं १ मा चाडबाडको समय नजिक भइरहेसँगै विभिन्न किसिमका सामानहरूको तस्करी बढ्ने क्रम रहेको छ । विशेषगरी लत्ता कपडा र विद्युतीय सामग्रीहरूको तस्करी विराटनगरको जोगवनी नाका हुँदै भइरहेको देखिन्छ ।

त्यस्तै लामो समयको बन्दा बन्दीका कारण सर्वसाधारणमा खाद्यान्न र कृषक वर्गमा मलको अभाव सिर्जना हुन थालेसँगै विभिन्न किसिमका खाद्यवस्तु र मनहरूको समेत तस्करी बढेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता कविन्द्र कुमार कार्कीको विश्लेषण रहेको छ ।

पछिल्लो एक वर्षको आर्थिक वर्षको अवधिमा सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय झापाले ४ करोड २९ लाख बराबर रकम का सामान हरु बरामद गरेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापा पश्चात जिल्ला प्रहरी कार्यालय मोरङले १ करोड १८ लाख, सुनसरीले एक करोड ९७ लाख, इलामले ३ करोड २५ लाख भन्दा बढी मूल्यका सामानहरु अबैध रुपमा भन्सार छली ल्याएका सामानहरु बरामत गरिएको तथ्यांकले देखाएको छ । बरामद गरिएका ती सम्पूर्ण सामानहरु सम्वन्धित भन्सार कार्यालयमा बुझाइएको छ । तथ्याङ्क हेर्ने हो भने प्रदेश नम्बर १ मै १० करोडभन्दा बढीको अवैध सामानहरु गत आर्थिक वर्ष २०७६/७७ मै बरामद गरिएको छ । विशेषगरी चाडबाडको समयमा सामानहरूको तस्करी तिब्र हुने भएका कारणले गर्दा सीमावर्ती क्षेत्रहरुमा प्रहरी प्रशासनको निगरानी कडा हुनुपर्ने आवश्यक देखिन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार