प्रदेश १ मातहतका अस्पतालमामा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने ।


प्रकाशित: कार्तिक ५, बुधवार, बिराटनगर । 
संघीय सरकारले उपचार नगर्ने भन्दै हात उठाएपछि महामारीको समयमा सबै नागरिक समस्यामा रहेको र प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका अब पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्नेमा सबै ढुक्क हुन प्रदेश सरकारले आग्रह गरेका छन् ।


प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मातहतकाका सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क हुने बताएका छन् ।

उनका अनुसार आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका हुन्।


प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था नरहेको उनले बताए का छन्।

कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने, ‘महामारीमा सबै लडेकै छौँ , प्रदेशका १४ वटै जिल्ला अस्पताल र विराटनगरको कोभिड १९ उपचार केन्द्रमा निःशुल्क उपचार हुन्छ,’ ‘निजीमा जाने हो भने शुल्क तिनुपर्छ उनले भनेका छन्।

निजी अस्पतालले लिने शुल्कका बारेमा प्रदेश सरकारले अनुगमन गरी एकरुपता कायम गर्ने पनि उनले बताए ।

अर्को तिर प्रदेशको राजधानी विराटनगरमा मात्रै ३० जना संक्रमितले ज्यान गुमाउँदा पनि प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको कांग्रेसको तर्क रहेको छ।

कोरोना जनसुरक्षा कोष खडा गरी रकम संकलन गरे पनि पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाउँदै आएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial