बारा प्रहरीको नियन्त्रणमा रु १ लाख भन्दा बढी मूल्य को रेडिमेड कपडा सहित २ भारतीय माेटरसाइकल ।



 प्रकाशित २० असोज मंगलवार, वीरगञ्ज ।

बारा पचरौता नगरपालिका-९ स्थित हिजो बिहान प्रहरीले भन्सार छली गरेर आइरहेका दुई भारतीय नम्बरका माेटरसाइकल सहित रु १ लाख भन्दा बढी मूल्य बराबरको कपडा बरामद गरेको छ । स्थानीय प्रहरीले कपडासहितको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए अनुसार भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु १ लाख भन्दा बढीको रेडिमेड कपडा बरामद गरेको छ भने कपडा ल्याउने व्यक्तिहरु भागेको प्रहरीले जनाएको छ। 

भन्सार छलेर कपडा ओसार्न प्रयोग गरिएको बीआर ०५ एक्स ६०३६ र बीआर ०५ भी ३१३७ नम्बरको भारतीय मोटरसाइकल र बरामद गरेको कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार