कोरोनाको नाममा अस्पताल को ठगी‌ , दुई घण्टामा मृतक परिवारबाट ७०००० असुली ।



प्रकाशित: कार्तिक १०, सोमबार, बिराटनगर । 
कोरोना संक्रमितले ‌आफ्नो उपचार आफैं गर्नुपर्ने सरकारबाट घोषणा भएलगत्तै अस्पतालहरुले लुटतन्त्र मच्चाउन थालेका छन्। सरकारको चौतर्फी आलोचना भएपछि नसक्नेको उपचार सरकारले गर्ने भनिएतापनि व्यवहारमा लागु भने पटक्कै भएको देखिँदैन।

कोरोना संक्रमितको उपचारमा अस्पतालहरुले लुटतन्त्र मच्चाएका छन् भने बिरामीको उपचार अगावै अधिकतम धरौटी रकम जम्मा गर्नुपर्ने भएको छ। गरिब हुन या‌ धानी, पैसा छ या छैन , अस्पताललाई त्यो कुरा सँग केही सरोकार छैन । संक्रमित देखिए मात्र धरौटी रकम जम्मा नगरी उपचार त सम्भव छैन उपचार भएपनि चर्को रकम असुल्ने गरिएको छ।

बिराटनगरस्थित म्याक्स ट्रमा सेन्टर मा उपचार गर्न पुगेकी ७२ वर्षीय कोरोना संक्रमित महिलाको दुई घण्टामै निधन भएको छ । बिहीबार नोबेल अस्पतालमा भर्ना भएकी महिलाको त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार बेलुकी ६ बजेतिर म्याक्स ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको थियो भने भर्ना गरिएको दुई घण्टापछि महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको थिियो ।

मृतक महिलालाई चार घण्टासम्म एम्बुलेन्समा राख्दा पनि धरौटी रकम जम्मा नगरिकन अस्पतालले भर्ना गरेको थिएन। धरौटी स्वरूप रू १,००,००० जम्मा गरेपछि मात्र महिलाको उपचार थालिएको थियो भने दुई घण्टापछि मृत्यु भएको खबर दिएका थिए ।

त्यो दुई घण्टाको अन्तरालमा मात्र विभिन्न बाहनामा अस्पतालले धरौटी रकम बाट रू ६८००० कट्टा गरी रू ३२००० फिर्ता गरेको मृतकका आफन्त रमेश शर्माले बताए।

भेन्टिलेटरमा भर्ना गरेको मात्र ३०,००० जोडिएको छ भने अरु विभिन्न बाहनामा दुई घण्टा को ४७,४००  बिल अस्पतालले पेश गरेको छ भने भेन्टिलेटरमा भर्ना गरिएको बिरामीको लागि च्यवनप्रास, चप्पल ,कोलगेट, ब्रस , साबुन आदि इत्यादि गरी औषधि पसलले रू २०,००० बढीको बिल पेश गरेको छ।

यसरी कोरोना संक्रमित को नाममा अस्पतालहरुले लुटतन्त्र मचाएको देखिन्छ भने सरोकारवालाको ध्यान निषेधाज्ञा तथा कडाइ गर्नमा मात्र सिमित भएको देखिन्छ।

एउटा निम्नवर्गीय आय भएको मानिसको लागि कोरोना महामारी अभिशाप बन्न पुगेको छ भने सङ्क्रमितले आफ्नो रोग लुकाउनु पर्ने बाध्यता आएको छ।

यस्ता किसिमका लुटतन्त्र नियन्त्रण नगरिए मानिसले रोग लुकाएकै कारण यो महामारी ले झनै विकराल रुप लिने देखिन्छ।






.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार