असई गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ ।



प्रकाशित: कार्तिक २, आइतबार, कैलाली । 
प्रहरीले कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पदलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेका छन् । 

प्रारम्भिक चरणममै अनुसन्धान रहेकाले पक्राउ पर्नेको नाम भने खुलाइसकिएको छैन ।सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको छ । ‘अहिले मृतक विकको शव पनि निकालिएको छ, धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ ।’

शनिबार साँझ विकसँगै बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद भने अझै फेला परिसकेका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको जानकारी प्राप्त भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार