गस्तीमा खटिएका प्रहरीको हत्यामा संलग्न सात जना पक्राउ, अभियुक्तहरु सार्वजनिक ।



प्रकाशित: कार्तिक ५, बुधवार, धनगढी । 
गस्तीमा खटिएका कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले हत्याकोइ घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ।

गस्तीमा गएको प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरुले योजनावद्ध रुपमा प्रहरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।धारिलो हतियार प्रहार गरेर प्रहरीको हत्या गरी अपराध लुकाउन शव नदीमा फालेको बताएका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चेकपोष्टमा कार्यरत उनीहरुको शव मोहना नदीमा फेला परेको थियो ।


शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए भने विकको शव आइतबार मोहना नदीमा भेटिए पनि साउदको भेटिएको थिएन ।

पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो र त्यसैक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा साउदको शव भेटिएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार