जग्गा हेर्न आएका दुईजनाले एक व्यक्तिलाई कुट्पिट गर्दा ज्यान गयो ।



प्रकाशित: असोज २३, शुक्रबार, भक्तपुर । 
भक्तपुरमा जग्गा हेर्न आएका दुईजनाले एक व्यक्तिलाई कुट्पिट गर्दा उनको ज्यान गएको छ । चंगुनारायण नगरपालिका-८ सुन्दलका ६१ वर्षीय चन्द्रकुमार योन्जनलाई बुधवार दुई अज्ञात व्यक्तिले कुट्पिट गरेका  थिए । 

महानगरीय प्रहरी सर्कल भक्तपुरका प्रवक्ता कृष्ण थेबेले बिहीबार बिहान काठमाडौंको ग्रीन सिटी अस्पतालमा उनको मृत्यु भएको बताउनुभयो।

दुई व्यक्ति जग्गा हेर्न आए र योन्जनलाई उनीहरूले  घरबाट डेढ किलोमिटर टाढा जग्गा देखाउन आग्रह गरे । तर अचानक, तिनीहरूले उनलाई कुटे र त्यहीं छोडेर गए ।


परिवारका अनुसार उनलाई ५:३० तिर  बजे कुटपिट गरिएको थियो । घाइते योन्जनलाई उपचारका लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो। उनलाई राति काठमाडौं रेफर गरिएको थियो।

डीएसपी थेबेका अनुसार योन्जन जग्गा किनबेचको काम गर्थे ।  कुटपिट गर्नुको कारण खुलिसकेको छैन । " उनलाई कुट्नेहरू फरार छन् । उनीहरूको खोजी भइरहेको छ, " प्रहरीले बतायो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार