कक्षा १२ को परिक्षा लचिलो,४० पुर्नांकको मात्र परिक्षा हुने ।



प्रकाशित: कार्तिक ६, बिहिबार, काठमाडौँ । 
राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कोरोनाभाइरस महामारीको कारण स्थगित रहेको कक्षा १२ को परिक्षा मंगसिर ९ गतेदेखि संचालन गर्ने भएको छ । एनईबीका अनुसार रेगुलर, पार्सियल , संगीत, ललित कला, संस्कृत र प्राविधिक शिक्षा अन्तर्गत सबै विषयहरूको नियमित, ग्रेड पदोन्नति र आंशिक परीक्षा अघिल्लो तालिकाको ८ महिना पछि आयोजना गरिनेछ।

एनईबीका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाईका साथ पालना गर्नु पर्नेछ र परीक्षामा भौतिक दूरी राख्नु पर्नेछ । 

परीक्षार्थीहरुले उनीहरूको सुविधाको केन्द्रबाट परीक्षामा उपस्थित हुन सक्ने गरि बोर्डले परीक्षा केन्द्रलाई बढी लचिलो बनाएको छ । यस परीक्षामा ४० अंक सम्मिलित हुनेछ किनकि बाँकी अंश कक्षा ११ को नतिजा र विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा समायोजित हुनेछ। परिक्ष बिहान ८ बजे देखि ९:३० बजेसम्म हुनेछ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial