यस वर्षको दशैंको साइत कति बजे ?


प्रकाशित: असोज २९, आइतबार, बिराटनगर । 
यस वर्ष  (२०७७ साल) को दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ ।  यस वर्ष दशैं–तिहार जस्ता चाडपर्व केही समय पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ ।

सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ । कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्ह:पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ ।

२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘२०७७ सालको असोजमा मलमास परेकाले हाम्रा चाडपर्व पर सरेका हुन् ।’ २०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए । धर्मशास्त्रका जानकारहरुका अनुसार मलमास परेको वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्छ ।

यस वर्षको दशैंको साइत :
पंचांग निर्नायक समिति नेपाल र धर्मोदय सभाका अनुसार नेपालको दशैं उत्सवमा दशैं टीका साईतका लागि उत्तम समय बिहान ११:१५ रहेको छ। नेपालको क्यालेन्डर बाहिर निकाल्ने अधिकार प्राप्त संस्था मात्र पंचांग निर्णायक समिति हो। दशैं टीका प्राप्त गर्नका लागि उत्तम र शुभ समय बिहान ११:१५ छ। वरिष्ठ ज्योतिषी, संस्कृति विशेषज्ञ र धार्मिक व्यक्तिहरूले राष्ट्रिय टाइम्सलाइ  जानकारी दिएअनुसार टीकाका लागि सबैभन्दा उत्तम समय वा टीका राख्नको लागि उत्तम समय बिहान ११:१५ रहेको छ। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार