टोटनह्याम र वेस्ट ह्याम बीचको खेलमा ३-३ गोलको बराबरी ।



प्रकाशित: कार्तिक ३, सोमबार । 
हिजो भएको प्रिमियर लिग अन्तर्गतको टोटनह्याम र वेस्ट ह्याम युनाइटेड बीचको खेल ३-३ गोलको बराबरीमा टुंगिएको छ । टोटनह्याम का लागि ह्यारी केनले खेलको ८ औं मिनेट र १६ औँ मिनेटमा एक एक गोल गरेका थिए भने सन् हिउँग मिनले खेलको पहिलो मिनेटमा नै एक गोल गरेका थिए ।

९० मिनेटको खेलमा टोटनह्यामले ३-० को अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको छ । वेस्ट ह्यामका लागि बलबुएना ले खेलको ८२ मिनेटमा सुरुवाती गोल गरेका थिए । सान्चेजको आत्मघाती गोलका कारण वेस्ट ह्यामको गोल अंक २ रहेको थियो । खेलको अतिरिक्त समयमा ल्याञ्जिनिले वेस्ट ह्यामाका लागि आकर्षक गोल गर्दै खेल ३-३ को बराबरीमा पुर्याएका थिए । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार